धनगढी । काठ ओसारपसार मुद्दामा तीन महिना कैद र जरिवाना तोकिएका एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका-२ का १९ वर्षीय आदेश खुनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरले २०८३ वैशाख १७ गते बिना इजाजत काठ ओसारपसार तथा चिरानी मुद्दामा खुनालाई तीन महिना कैद र १४ हजार ९८० रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।























