धनगढी । कञ्चनपुरमा ट्र्याक्टर र इलेक्ट्रिक स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका-१० तिल्केनीस्थित भित्री सडक खण्डमा म १ त ६११ नम्बरको ट्र्याक्टर र इलेक्ट्रिक स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक १८ वर्षीय आशिष बम गम्भीर घाइते भएका थिए ।
भीमदत्त नगरपालिका-१० का बमलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले ट्र्याक्टर चालक भीमदत्त नगरपालिका-९ का ५८ वर्षीय प्रेमसिंह भण्डारीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























