• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • २० घण्टा 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ५ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ६. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ७. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • ८. सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

  • ९. पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल

  • १०. धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

  •   आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित

कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् ।

उक्त क्षेत्रमा पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट नहरमा पानी नछाड्दा नहर निर्माण भएको वर्षौँ बितिसक्दा पनि पानी सञ्चालन हुनसकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक गणेश मरासिनीले भारतले टनकपुरबाट नहरमा पानी न छोड्दा नहर बने पनि यहाँका किसानले सिँचाइ सुविधा पाउन नसकेको बताए ।

“निर्माण सम्पन्न भएको नहरमा चार वर्षअघि नै परीक्षणसमेत भइसकेको हो, त्यसपछि भारतीय पक्षले नहरमा पानी छोडेको छैन”, उनले भने, “पाँच हजार हेक्टरमा सिँचाइ उपलब्ध गराउने संरचना तयारी अवस्थामा छन् ।” चार वर्षअघि उक्त नहर परीक्षणका क्रममा टनकपुरबाट आएको पानीले धान दिवससमेत मनाइएको थियो । त्यसपछि भने नहरमा पानी आउन सकेको छैन ।

निर्देशक मरासिनीले टनकपुरबाट पानी छोड्नका लागि थुप्रै प्रयास भए पनि नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी)ले पानी छोड्न नमानेको बताए । “यसका लागि माथिल्लो निकायबाट पहल हुन जरुरी छ, हामीले पटकपटक पहल गरिरहेका छौँ”, आयोजना निर्देशक मरासिनीले भने, “यस विषयमा माथिल्लो निकायमा जानकारी गराइसकेका छौँ ।”

टनकपुरस्थित एनएचपीसीका कर्मचारीले दिल्लीको आदेश आउनेबित्तिकै पानी छोड्छौँ भन्ने जवाफ आयोजना कार्यालयलाई दिने गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त आयोजनाको उद्घाटन गरेपछि मात्रै नहरमा पानी आउने अवस्था बनेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा यस विषयले प्राथमिकता पाउनसके नेपालले महाकाली सन्धिअनुसार महाकाली नदीबाट पानी पाउने अपेक्षा गरिएको छ ।

“माथिल्लो निकायबाट कूटनीतिक पहल भए नहरमा पानी सञ्चालन हुनेमा हामी आशावादी छौँ”, आयोजना निर्देशक मरासिनीले भने, “केही दिनअघिमात्रै दुवै देशका अधिकारीबीच यस विषयमा काठमाडौँमा छलफल भएको छ ।” उनले मन्त्रालय र भारतीय पक्षले मागेका सूचनासमेत उपलब्ध गराएको बताउँदै नहरमा छिट्टै पानी सञ्चालन हुनेमा आशावादी रहेको बताए ।

महाकाली सन्धि सम्झौताअनुसार भारतीय पक्षले टनकपुरबाट नेपालको सीमासम्म निर्माण गर्नुपर्ने एक हजार २०० मिटर नहर निर्माण सम्पन्न गरिसकेको छ । सन्धि सम्झौताअनुसार टनकपुर ब्यारेजबाट हिउँदमा ३०० क्यूसेक र वर्षात्मा एक हजार क्यूसेक पानी नेपालले पाउनुपर्ने उल्लेख छ । आव २०६३–६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माणकार्यले गति लिन सकेनको थिएन । सरकारले आव २०७६–७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माणले गति लिएको थियो ।

लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाका अनुसार हालसम्म रु १० अर्ब ७४ करोड बजेट खर्च भइसकेको छ । चालु आवमा पनि आयोजनाका लागि करिब रु दुई अर्ब बजेट विनियोजन भएको छ । महाकाली सिँचाइ तेस्रो चरणको काम सम्पन्न भए कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।रासस

 

 

आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै
ट्र्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ
कैलालीमा भन्सार छलीका सामान बरामद
यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
नवउद्यमी सम्मेलन सुदूरपश्चिमको भविष्य निर्माण गर्ने संकल्प हो : मुख्यमन्त्री भट्ट

समाचार

सबै

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

ट्र्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

ट्र्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • २० घण्टा 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ५ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ महिना 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ६.
    तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.