• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

जसले लाभबिनाको राजनीति गरे, अहिले पार्टीले खोज्यो

  •   शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएपछि नेता डिल्लीराज पन्तले चुनावी प्रचार–प्रसार कार्य सुरे । मतदाता भेट्न घरदैलोलगायतका गतिविधि सुरु गरे । त्यसैक्रममा केही दिनअघि उनी पन्त बन्धु समाजद्वारा धनगढीमा आयोजित भेटघाट कार्यक्रममा सहभागी भए । उनले त्यहाँ आफ्नो राजनीतिक जीवन, त्यक्रममा भोग्नु परेका समस्यालगायतका यावत कुराहरु सुनाए । जहाँ उनको आफ्नै समाज थियो । उनका परिवार भित्रका मानिस थिए । त्यहाँ उनले भने, ‘म पनि पार्टीबाट पेलानमा परेको मान्छे हुँ । कहिल्यै अवसर पाइनँ । अवसरका लागि मरिहत्ते पनि गरिनँ । तर अहिले उत्तरार्धमा पार्टीले मेरो मुल्यांकन गर्यो ।’ उनले भन्दै गए, ‘पार्टीबाट अवसर पाइएन भनेर पार्टी विरोधी गतिविधिमा लागिएन । बरु निस्कृय जस्तो देखिएँ । तर अहिले पार्टीले आफै टिकट दियो ।’

कैलालीमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को दियो बालेका थिए उनले । उनी कैलालीका नेविसका संस्थापक अध्यक्ष हुन् । २०२९ सालमा कांग्रेसको सदस्यता लिएका पन्तको नेतृत्वमा २०३७ सालमा नेपाल विद्यार्थी संघ स्थापना भएको हो । त्यसअघि २०३१ पुस १ गते राजकाज मुद्दामा गिरफ्तार भएर ६ महिना जेल जीवन बिताएका थिए उनले । पञ्चायती व्यवस्थाविरुद्ध लाग्दा उनले केही समय जेल जीवन बिताउनुपर्यो । उनले जेलबाटै एसएलसी पास गरे । पछि २०३६ सालमा धनगढीमा भएको विद्यार्थी आन्दोलनको नेतृत्व उनले नै गरेका थिए ।

पछि जनमत संग्रह भयो । त्यसबेला उनीसहितका नेताहरु जिल्लाभर परिचालित भए । त्यसबेला बहुदलले विजय प्राप्त गर्यो । त्यसपछि २०४६ सालमा आन्दोलन भयो । त्यसबेला धेरै व्यक्तिहरु गिरफ्तार भए । तर उनी भूमिगत भए । भूमिगत कालमा पनि उनकै नेतृत्वमा २२ गाउँमा आन्दोलन चर्काइयो । त्यो आन्दोलनले सफलता प्राप्त गरेपछि उनी पार्टीका क्रियाकलापमा सक्रिय भएर लागे । तर उनले त्यसपछि पार्टी वा राजनीतिक नियुक्ति ग्रहण गरेनन् । उनले पदका लागि दाबी पनि गरेनन् । यतिसम्म कि उनी महाधिवेशन प्रतिनिधिसमेत भएनन् । कांग्रेसको पछिल्लो महाधिवेशनबाट मात्रै उनी महाधिवेशन प्रतिनिधि भएका हुन् । त्यसअघि उनी एक पटक पार्टीको जिल्ला सदस्यसम्म भएका थिए ।

२०४६ पछि पार्टीको कुनै पनि पदमा नबसेका वा कुनै लाभको पदमा नपुगेका पन्तले एकैपटक २८ वर्षपछि लाभको पद प्राप्त गरे । २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट प्रदेशसभा सदस्यको टिकट पाए र राम्रो मत ल्याएर विजयी पनि भए । उनले यो बिचमा कुनै लाभको पदमा पुग्न नपाए पनि उनले संगठन वा पार्टीको सदस्यता दिएका व्यक्तिहरु माथिल्लो तहमा पुगे । तर उनले त्यसप्रति इश्र्या गरेनन् बरु खुशी महशुस गरे । उनले नै सदस्यता दिएकामध्ये पुस्करनाथ ओझा अहिले स्वतन्त्र उम्मेदवारी दिएर उनकै प्रतिस्पर्धीका रुपमा खडा भएका छन् । त्यसैगरि उनले धनगढीका पुर्व मेयर स्वर्गीय किशोर बम, हरिष खड्का, दिपक बिष्ट, पदम भट्टलगायत धेरैलाई सदस्यता दिएका थिए ।

लामो राजनीतिक जीवन बिताएका पन्तले कहिल्यै पनि पदका लागि आग्रह गरेनन् । जुन कुरा उनका बुवा चेतराज पन्तले पनि गरेका थिए । २००७ सालमा तत्कालिन व्यवस्था अनुसार प्रशासनिक गभर्नरको पद छोडेका थिए भने २०५७ सालको निर्वाचनमा पनि टिकट लिन चाहेनन् । अरुलाई नै अवसर दिए । यहाँ रोचक कुरा त के भने उनी कैलालीमा नेविसंघका संस्थापक अध्यक्ष भए् भने उनका बुवा नेपाली कांग्रेस पार्टीका संस्थापक । ‘मेरो बुबा २००६ को कांग्रेसको सदस्य हुनुहुन्थ्यो । २००७ मा कञ्चनपुरको बेलौरी र बर्मदेवमा भएका आन्दोलनमा उहाँको अग्रणी भूमिका रह्यो । २००७ देखि २०१७ सम्म उहाँ डोटी र कैलालीमा सक्रिय रहनुभयो । पछि पञ्चायती व्यवस्था लागू भइसकेपछि उहाँ पार्टी बचाउनका लागि संरक्षक जस्तो रहनुभयो’, उनले भने, ‘यसरी हामी कांग्रेसको राजनीतिमा सुरुआती दिनदेखि नै सक्रिय छौं ।’

कांग्रेस कैलालीका पुराना नेता पन्त सबै कार्यकतासँग मिलनसार व्यवहार गर्छन् । यही व्यवहार र आफूले यसअघि प्रदेश सभा सदस्य भएर गरेको कामकै आधारमा चुनाव जित्नेमा ढुक्क छन् । ‘म जनप्रिय पार्टीको उम्मेदवार भएकाले पहिलो जित्ने आधार हो । अर्को कुरा, मेरो पारिवारिक र व्यक्तिगत पृष्ठभूमि पनि कांग्रेससँग निकै लामो छ । मैले विगत पाँच वर्ष कैलाली–५ (ख) बाट निर्वाचित हुँदा इमानदारीपूर्वक काम गरेको छु,’ उनले भने ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र अधिकांश वडामा कांग्रेस उम्मेदवार विजयी भए पनि कांग्रेस प्रत्यासी डिल्लीराज पन्तलाई कांग्रेसकै बागीहरूले चुनौती थपिदिएका छन् । एमाले उम्मेदवार नारदमुनि राना कांग्रेस फुटको लाभ लिने दाउमा छन् । तर कैलाली–५ मा गठबन्धनकै पल्ला भारी भएकाले जित सुनिश्चित भएको पन्तको दाबी छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा यस पटक पनि एमालेले पुरानै उम्मेदवारलाई दोहो¥याएको छ । तर कांग्रेसबाट भने गत वर्ष क्षेत्र–५ (ख) बाट प्रदेशसभामा निर्वाचित सांसद पन्त उम्मेदवार बनेका छ । यस पटक पनि कांग्रेसबाट आरजु राणा देउवा लड्ने चर्चा रहे पनि अन्तिम समय उनी समानुपातिकमा बसेकी थिइन् । त्यसपछि कांग्रेसबाट एकाएक पन्तले टिकट पाएका हुन् ।

  • प्रतिनिधिसभा सदस्य
शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.