काठमाडौं- शुक्रबार सुनको मूल्य तोलाकै १३ सयले बढेको छ। सुनचाँदी बजारमा छापावाल सुनको मूल्य बिहीबारको कारोबारका तुलनामा प्रतितोला एक हजार तीन सयले बढेको हो ।
बिहीबार प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९६ हजार ७ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय छ । तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार नौ सय थियो ।
आज चाँदीको मूल्य प्रतितोला १० ले बढेर १,२९५ पुगेको महासङ्घले जनाएको छ ।













