• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मधुमेह के हो ? कसरी बँच्ने ?

  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित

मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन् । इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ ।

इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ ।

रगत विना रक्तसंचार प्रणालीको कल्पना गर्न सकिदैन । पानी , रक्तकोष , विभिन्न लवण तथा रसायनहरुको समिश्रणबाट बनेको रगतमा तत् तत् पदार्थहरु निश्चित अनुपातमा रहेका हुन्छन् । यदि रगतमा भएका कुनै पनि पदार्थको मात्रा अर्थात गुणमा परिवर्तन भयो भने समग्र रक्तसंचार प्रणाली र सरिरको आन्तरिक कार्यसंचालनमा बाधा पुग्छ जान्छ ।

जिवन यापनमा आइरहेको परिवर्तन , विलासी जिवलशैली तथा भौतिक मेहेनतको कमीले मधुमेहका रोगी दिनानुदिन बढिरहेका छन् ।

विश्वमा करीब २२ करोड मानिस मधुमेह बाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि ४० वर्ष सम्म उमेर समुहका करीब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समुहभन्दा माथिका करीब १९ प्रतिशतलाई मधुमेह लागेको बताइएको छ ।

ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । नेपालको ग्रामिण क्षेत्रमा जम्मा २ प्रतिशत व्यक्ति मधुमेहबाट प्रभावित भएका छन् ।

अमेरिकामा करीब १५ लाख मानिस मधुमेहबाट पिडित रहेको र बेलायतमा करीब १६ लाख मानिस लाई मधुमेह लागेको बताइएको छ । विश्वमा रोगबाट मर्नेहरु मध्ये ५ प्रतिशत मधुहेहका रोगी रहेका छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सन् २००५ मा मात्रै करीब ११ लाख मानिसले यो रोगबाट ज्यान गुमाएका थिए र वर्षेनी सो संख्या बढिरहेको छ । मधुमेहका रोगी मध्ये करीब ८० प्रतिशत मध्यम र निम्न आय भएका मुलुकमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विगत ३० वर्षमा बालबालिकामा हुने मधुमेह तिन गुणाले बढेको बताइएको छ ।

मधुमेहको कारण

सरिरमा प्रयाप्त इन्सुलिनको उत्पादन नहुदा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनिको मात्रा बढ्न गइ मधुमेह हुनजान्छ । जसका निम्न कारणहरु हुन्छन्ः

१. आनुवांशिक कारण , बाबु आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत रहेको चिकित्सक हरुले जनाएका छन् । तसर्थ अभिभावक बाट सन्तानमा मधुमेह सर्न सक्ने सम्भावना रहेको हुन्छ ।

२. बढि मोटो रहनु र आवश्यक भन्दा बढि तौल हुदा मधुमेह हुने सम्भावना बढि हुन्छ ।

३. भाइरसको संक्रमणः यो मधुमेहको प्रमुख कारक हो । प्यांक्रियाजको विटा कोश ९जसले इन्सुलिन उत्पादन गर्छ ० मा भाइरसको संक्रमण हुदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ ।

४.व्यायामको कमी , अस्वस्थ आहार विहार , उच्च रक्तचाप र रगतमा बढि कोलेस्टेरोल हुनु पनि मधुमेहका कारक हुन्।

मधुमेहका प्रकार

मधुमेह मुख्यतया तिन प्रकारका हुन्छन् ।
क. टाइप वानः यो सामान्यतया बालबालिकामा हुने गर्छ । जहा इन्सुलिनको उत्पादन सुन्य अर्थात अत्यन्त न्युन हुन्छ । रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्धारा इन्सुलिन दिनुपर्ने हुन्छ ।

ख. टाइप टुः यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेही मध्ये धेरै यही प्रकारको मधुमेहका रोगी रहेका छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र सरिरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ । उमेर बढ्दै जादा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन् ।

ग. जेस्टेसनल मधुमेहः गर्भबती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुनगइ मधुमेह हुनजान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।

मधुमेहका लक्षण

१- छिटो छिटो पिसाव लाग्ने र तिर्खालाग्ने
२- बढि भोक लाग्ने , आखा तिरमिराउने
३- शरिरको वजन घट्ने , थकाइ महसुस हुने
४- वाकवाकी लाग्ने
५- लामो समयसम्म चोटपटक निको नहुने
५- हात खुट्टा झमझमाउनु , रिंगटा लाग्नु

मधुमेहका रोगीमा अन्धोपन हुनसक्ने सम्भावना अत्यधिक रहेको हुन्छ । करीब १५ वर्षसम्म मधुमेहबाट ग्रसित बनेको करीब २ प्रतिसत रोगीमा पुर्ण रुपमा दृष्टिविहिन हुने सम्भावना रहेको हुन्छ ।

रगतमा भएको अध्यधिक ग्लुकोजले आखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुराउने गर्छ । मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि क्षति पुराउन सक्छ ।

मधुमेहका रोगीमा मृगौलाको रोग हुने सम्भावना पनि अत्यधिक रहेको हुन्छ । मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने समस्या धेरै रहेको हुन्छ । करीब ५० प्रतिशत मधुमेहका रोगी मुटु तथा नशा सम्बन्धी रोगका कारण मर्ने एक अध्ययनले देखाएको छ ।

मधुमेहको उपचार

मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ ।

मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः

१- इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने

२- रक्तचाप नियन्त्रण गर्ने

३-खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने

४- धुम्रपान र मध्यपान त्याग्ने

५- बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने

६- सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने

 

  • मधुमेह
सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित
सुदूरपश्चिममा निःशुल्क औषधि खरिद गर्न १५ करोड चाहिनेमा ८० लाख मात्रै विनियोजन
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.