काठमाडौं- बलिउड उद्योगका चर्चित अभिनेता amiले अभिनयबाट ब्रेक लिने घोषणा गरेका छन् । उनको पछिल्लो पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा फ्लप भएपनि उनले अभिनयबाट ब्रेक लिने घोषणा गरेका हुन् । पछिल्लो जानकारी अनुसार आमिर खानले करिब ३५ वर्षपछि अभिनयबाट ब्रेक लिएका छन् ।
यस फिल्ममा आमिर खानसँगै करिना कपूर खान र मोना सिंह जस्ता कलाकारहरू महत्वपूर्ण भूमिकामा देखिएका छन् । आमिर खानले दर्शकलाई फिल्म हेर्न धेरै अनुरोध गरेका थिए तर अधिकांशले बहिष्कार गरेका थिए ।
अभिनेताले भने, ‘एक अभिनेताको हैसियतमा जब म कुनै फिल्म गर्छु, मेरो जीवनमा के भइरहेको छ भन्ने कुरा बिर्सन्छु । ‘लाल सिंह चड्ढा’ पछि पनि च्याम्पियन्स नामको फिल्म गर्ने सोचमा थिएँ । फिल्मको स्क्रिप्ट उत्कृष्ट र कथा निकै राम्रो छ । तर मलाई लाग्छ अब मैले विश्राम लिनुपर्छ । म आफ्नो परिवार, छोराछोरी र आमासँग समय बिताउन चाहन्छु ।’













