• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

अछाम–१ मा दलका उम्मेदवारलाई स्वतन्त्र भारी, कस्तो आउला नतिजा ?

  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित

धनगढी- अछाम निर्वाचन क्षेत्र नम्बर १ मा दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार राजन कुँवरले कडा चुनौती दिएका छन् । यहाँ सत्ता गठबन्धनले एकीकृत समाजवादीका तर्फबाट श्रममन्त्री शेरबहादुर कुँवर र एमालेले झपटबहादुर बोहरालाई उम्मेदवार बनाएको छ ।

स्थानीय तह निर्वाचनमा तीन हजार भन्दा पनि कम मत पाएको एकीकृत समाजवादीलाई पार्टी नेतृत्वले क्षेत्र छाडेपछि कांग्रेसका युवा नेता कुँवरले ‘बागी’ अर्थात स्वतन्त्र उम्मेदवारी दिएका छन्।

स्थानीय तह निर्वाचन परिणामअनुसार अछाम–१ मा कांग्रेस १६ हजार ७ सय २८ मतका साथ पहिलो पार्टी छ । एमालेको १६ हजार ५ सय ६७, माओवादीको ६ हजार ७ सय ९० र एकीकृत माओवादीको २ हजार ७ सय ५२ मत छ । सो आधारमा कांग्रेसको मत ‘बागी’ले काटेपछि एमाले उम्मेदवार बोहरालाई निर्वाचन जित्न सहज हुन सक्थ्यो । तर यहाँ एमालेले नेता भीम रावलको टिकट खोसेर माओबादीबाट एमाले प्रवेश गरेका बोहरालाई दिएपछि एमालेमा असन्तुष्टि छ ।

अछाम–१ एमाले नेता भीम रावलले लड्दै आएको निर्वाचन क्षेत्र हो। यसपटक उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकटबाट वञ्चित गरेर उम्मेदवार हुन रोकेका हुन् ।

रावलले टिकट नपाएपछि उनका समर्थकले जसलाई सहयोग गर्छन् उसले नै जित्ने देखिन्छ । यद्यपि उनले यसअघि नै एमालेका सबै उम्मेदवारलाई सहयोग गर्न नसकिने प्रतिक्रिया दिइसकेका छन् । आफ्नो क्षेत्रका बारेमा पनि उनले स्पष्ट बोलेका छैनन् । रावलले टिकट नपाएपछि एमालेका वडा, पालिका, क्षेत्र तथा जिल्ला कमिटीका दर्जनौं नेता कार्यकर्ताहरूले पदबाट राजीनामा दिइसकेका छन्।

एमालेका असन्तुष्ट र गठबन्धनमा विद्रोह गरेकाहरुसंग मिल्न सके नजिता राजन कुँवरको पक्षमा आउन सक्ने सम्भावना रहको बताइन्छ । उनी एमाले र गठबन्धनका उम्मेदवारलाई भारी पर्नसक्ने बताउन थालिएको छ ।

युवामाझ लोकप्रिय राजन आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न भन्दा पनि आम युवाहरूको चाहाना अनुसार भएको बताउछन् । राजनीतिक दलहरूप्रतिको आम जनताको बितृष्णा र ठूला सबै पार्टीमा टिकट वितरणप्रति रहेको असन्तुष्टि नै आफ्नो जित्ने आधार भएको उनको दाबी छ । युवाहरूको आफूप्रतिको बढ्दो आकर्षणले नै आफ्नो जित बलियो भएको उनको दाबी छ । कांग्रेसको दुई पटक महासमित र नेविसंघ अछामको अध्यक्षसमेत भइसकेका राजनले जिल्लाभरमा आफ्ना समर्थकहरू रहेको बताए । पुतली चुनाव चिह्न पाएर चुनावी प्रचारमा रहेका राजनको पक्षमा समर्थन गर्नेहरुको बढ्दै गएको उनका एक समर्थकले बताए ।

सत्तारुढ दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गरे पनि आमजनतामा सत्ता गठबन्धनले माहौल सिर्जना गर्न सकेको छैन। फरक–फरक विचार र सिद्धान्त बोकेका दलहरुबीच गठबन्धन भए पनि उनीहरुका परम्परागत मतदाताहरुले एकले अर्कोलाई सहजै मत दिने अवस्था बनेको छैन ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मन्त्री कुँवरले भने कुनै व्यक्तिको स्वतन्त्र उम्मेदवारीले आफ्नो जितमा केही असर नपर्ने बताए । तीन ठूला पार्टीको साझा उम्मेदवार आफू भएको भन्दै उनले आफ्नो जित सहज भएको दाबी गरे ।

एमाले उम्मेदवार बोहरा गठबन्धनमा बागीले दिएको चुनौतीको फाइदा उठाउने सोचमा छन् । आफ्नो क्षेत्रमा एमाले एक ढिक्का भएको र गठबन्धका असन्तुष्टहरुले पनि आफूलाई मत दिने उनको भनाई छ । उनी यसअघि नेकपा माओबादी केन्द्रमा थिए । माओबादीबाट सोही ठाउँबाट प्रदेश सभा सदस्य पदमा विजयी भएका उनी यसपटक भने एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । कैलालीमा मतदाता नामावली रहेका उनलाई अहिले टुरिष्ट उम्मेदवारको आरोप पनि लागिरहेको छ ।

  • स्वतन्त्र उम्मेदवार
मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ

समाचार

सबै

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.