धनगढी- कैलालीमा एक घरमा आगलागी भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा आगलागी भएको हो। परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् ।
आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा दमकल घटनास्थल तर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।













