कञ्चनपुर- कञ्चनपुरमा किरियापुत्रीले मतदान गरेका छन्। क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–१० मा रहेको सरस्वती मावि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका हुन्।
बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरु राजेन्द्र, बिरेन्द्र, अमर र अतुल ऐरले मतदान गरेको हुन् ।













