काठमाडौं- नायिका श्वेता खड्का आफ्नो कला र समाजिक कामले चर्चित छिन्। उनि सामाजिक संजालमा पनि निकै एक्टिभ हुने गर्छिन्। राजनितिक तथा समाजमा घटेका घटनाहरुको बारेमा सामाजिक संजाल मार्फत आफ्नो विचार राख्छिन्।
छोरीलाई जन्म दिएपछि नायिका श्वेता खड्काको जीवनमा फेरी खुशीको बहार थपिएको छ । उनले धनगढीका ब्यबसायीका छोरा विजयेन्द्र सिंह राउतसँग धुमधामले विबाह गरेकि थियिन । सुत्केरी भएको छोटो समयमा नै नायिका खड्काको ध्यान अब फिल्म निर्माण र व्यवसायतिर सोझिएको छ ।
श्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी छन् । काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै श्वेताले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको उनी निकट स्रोतले जनाएको छ । ग्राहकले घरमै बसेर प्लेटफर्ममा उपलब्ध हुने ब्रान्डेड सामान अर्डर गर्न सक्ने बताइएको छ ।
हिमालय जाभा, एमआरएस एण्ड इन्जिनियरिङ, केही रेस्टुरेन्ट र कृषि फार्म सञ्चालनमा ल्याइसकेकी लश्वेताले पछिल्लो समय संचालनमा ल्याएको अनलाइन व्यवसाय मार्फत किसानले आफ्ना उत्पादनलाई सिधै वेबसाइटमा पनि पोस्ट गर्न सक्ने छन् ।













