धनगढी- महिनावारी हुँदा बालिकाले भोग्नु परेको पिडालाई दर्शाउने प्रकाश सपूत र केकी अधिकारीको पर पर छु गित सार्वजनिक भएको छ । केकी अधिकारी फिल्मस् र आरन प्रडक्सनको प्रस्तुतिमा गित सार्वजनिक भएको हो ।
बालिकाले महिनावारी हुँदा भोग्नुपरेका समस्यालाई सपूतले आफ्ना शब्दमा मार्फत उतारेका छन् । पर पर गितमा शब्द तथा सङ्गीत प्रकाश सपुतको रहेको छ भने गितमा तुल्सी बोहराले स्वर दिएकी छन् । सपुतले आफ्नो गित मार्फत समाजलाई एक पटक सोच्न बाध्य बनाएका छन् । सुदूरपश्चिम लगायत बिभीन्न क्षेत्रमा अझै पनि महिनावारी हुँदा छाउगोठ तथा अलग्गै बस्नुपर्ने बाध्यता रहेको छ ।
महिनावारी भएकै कारण हुने समस्या र पिडालाई उनले समेटि एउटा विद्यालय गएकी छात्रा मार्फत देखाएका छन् ।
हेर्नुहोस भिडियो













