काठमाडौं- सुगर अथवा ग्लुकोज शरीरका लागि इनर्जीको मुख्य स्रोत हो । जब शरीरमा भएको सुगर लेभलको कुरा आउँछ। सबैको दिमागमा एउटै कुरा आउँछ, चीनीको मात्राको बढ्नु र सबैलाई लाग्छ कि यसबाट मात्र बच्नुपर्छ‘ तर त्यस्तो होइन।
मानिसहरु प्रायः लो सुगर लेभललाई हल्का रुपमा लिन्छन् र यो लापरवाही घातक हुन्छ । चिनीको मात्रा कम हुँदा उच्च चिनी मात्रा हुनु जत्तिकै खतरनाक हुन्छ। यसले ज्यान जोखिममा पार्ने अवस्था पनि निम्त्याउन सक्छ।
ब्लड सुगर कम हुने स्थितिलाई हाइपोग्लाइसेमिया भनिन्छ । लो ब्लड सुगरका कारण मिर्गौलामा समस्या, हेपाटाइटिस, कलेजोको समस्या, मानसिक सन्तुलन गुमाउने, बेचैनी, रिंगटा लाग्नेजस्ता समस्या देखिन्छ ।
हाइपोग्लाइसेमिया भनेको रगतमा चिनीको मात्रा सामान्य भन्दा कम हुनु हो। कतिपय औषधिले पनि यो रोग निम्त्याउँछ । जानौं यो रोगबाट कसरी बच्न सकिन्छ।
चिकित्सकहरुका अनुसार हाइपोग्लाइसेमिया गम्भीर स्वास्थ्य अवस्था भएकाले सबै सचेत हुनुपर्ने बताउँछन् ।
ज्ञद्धण् mनरमी को चिनीको स्तर सामान्य मानिन्छ। तर ठण्mनरमी भन्दा कम रक्त शर्करा वा हाइपोग्लाइसेमिया को संकेत हो। रगतमा चिनीको मात्रा कम भएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । समयमै ख्याल गरिएन भने यसले ज्यान पनि लिन सक्छ र अचम्मको कुरा त यो रोग अधिकांश बिरामीमा देखिएको छ ।
हाइपोग्लाइसेमियाका लक्षणहरू
हाइपोग्लाइसेमियाका लक्षणहरूमा समयमै ध्यान नदिने हो भने यसले गम्भीर रूप लिने खतरा रहन्छ।
बेचैनी, घबराहट, शरीरको पसिना आउने, चक्कर लाग्ने, धड्कन बढ्ने, बेहोस हुने, चिडचिडापन, शरीर काँप्ने जस्ता लक्षणहरु देखिन सक्छ । यस्तै अत्यधिक भोक लाग्नु, अचानक मुड बदलिनु, अँध्यारो देखिनु, निद्रा पनि हराउने गर्दछ ।
हाइपोग्लाइसीमियालाई कसरी रोक्न
मधुमेहको समस्या भएका व्यक्तिले आफ्नो चिनीको मात्रा नियमित जाँच गराउनुपर्ने चिकित्सकहरु बताउँछन् । यस्ता रोगीलाई सबैभन्दा महत्त्वपूर्ण कुरा लामो समयसम्म खाली पेट नराख्ने । समय समयमा केहि न केहि खान दिइरहने गर्नुपर्दछ। रगतमा चिनीको अवस्था नियन्त्रण गर्न दैनिक व्यायाम गर्ने बानी बसाल्ने गर्नु पर्छ।













