बाजुरा – बाजुरामा एक कुखुरा फर्मभित्र आगलागी भएको छ । जिल्लाको बडिमालिका नगरपालिका -६ जडङ्गा बस्ने तुले कार्कीको घर नजिकै रहेको कुखुरा फर्मभित्र आगलागी भएको हो ।
आगलागीबाट कुखुरा फर्मभित्र रहेका ९ सय ८० ओटा कुखुरा, दाना लगायत जलेर नष्ट हुँदा ९ लाख ८८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हिटर सर्ट भई गएराति फर्ममा आगलागी भएको हो ।
प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिइएको जनाएको छ ।














