काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेदरल्याण्डका पूर्वफुटबलर जोहन निस्केन्ससँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले ट्विटरमार्फत जोहनसँग भेट गरेको उल्लेख गरेका छन् ।
‘दुई पटक विश्वकपको फाइनलमा पुगेको नेदरल्याण्डका फुटबल लिजेन्ड जोहनसँग भेटेर खुशी लागेको छ’, ट्वीटरमा देउवाले लेखेका छन् । उनले रोयल डच फुटबल एशोसिएसनले एन्फालाई गरेको साथ सहयोगका लागि धन्यवाद पनि दिएका छन् ।














