काठमाडौं- देशभर पछिल्लो समय १ हजार ६०४ जनामा कोरोना परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १० जना कोरोनामुक्त भएका छन्।
संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। हाल १७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।













