धनगढी । सुदूरपश्चिम महोत्सवको आज नवौँ दिन रहेको छ । महोत्सवमा आज चक्र बम र खुमन अधिकारीको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताए ।
कुँवरले आज राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने जानकारी दिए । पुस २ गते बद्री पंगेनी र राधिका हमाल आउने भएका छन् । महोत्सवको अवधि तीन दिन थपिएको आयोजकले जनाएको छ ।













