काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।
सुन हिजो प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।













