धनगढी– नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र गायिका अस्मिता परियारको स्वरमा नयाँ गीत ‘यही कुरा साँचो हो’ सार्वजनिक भएको छ ।
यसै साता काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियो गायक ओडको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको छ । गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्माले अभिनय गरेका छन् ।
दशरथ सुनारले निर्देशन गरेको भिडियोको छायांकन रामकुमार केसी, कोरियोग्राफर राजीव समर र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।













