काठमाडौं – आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेसी बिहीबार राखिएपनि हेर्न नभ्याइने भएको छ ।
पाटन उच्च अदालतले लामिछानेको पेशीलाई हेर्न नभ्याइनेमा राखेको छ । यसअघि अघिल्लोपटकको पेसी सन्दीपका कानून व्यवसायीले स्थगित गराएका थिए । अब पेसीको अर्को मिति तोकिने छ ।














