धनगढी – सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन् ।
कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट प्रत्यक्षतर्फ निर्वाचित रामेश्वर चौधरीलाई संसदीय दलको नेतामा चयन गर्ने पार्टीले निर्णय गरेको हो ।
उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष कैलाश चौधरीलका अनुसार पार्टीले संसदीय दलको नेता रामेश्वर चौधरीलाई बनाउने निर्णय गरेको छ ।
यसअघि पार्टीभित्र संसदीय दलको नेताका लागि पार्टीभित्र रामेश्वरसहित चार जनाको दाबी रहेको थियो ।














