काठमाडौं- देशभर थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५८ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । यही अवधिमा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना महामारी सुरु भएयता देशभर १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।













