धनगढी । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । शनिबार बिहान बसेको संसदीय दलको बैठकले रावललाई दलको नेतामा सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए । दलको उपनेतामा सन्तोष शर्मा छाया चयन भएकी छन् ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० सांसद छन् । एमाले सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको उपस्थितिमा दलको बैठक बसेको थियो ।














