धनगढी- कैलालीको कैलारी गाउँपालिका–८ उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिकलसेल मेसिनको उद्घाटन गर्दै सेवा पनि सुरु भएको छ । सिकलसेल मेसिनको आइतबार एक कार्यक्रमका बिच कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीले उद्घाटन गरेका हुन् ।
मेसिनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले कैलारीमा ९५ प्रतिशत थारु समुदायका बसोबास रहेको र सिकलसेल रोग थारु समुदायमा धेरै देखिएकाले चेकजाँचमा सहज हुने उनले बताए ।
सिकलसेल रोग लागेका व्यक्तिहरू लाई धेरै रगत चाहिने भएकाले पालिकाले जुनसुकै बिरामीलाई नेपाल रेडक्रस सोसाइटीमार्फत नि ः शुल्क रगतको व्यवस्था मिलाइएको उनले बताए ।














