काठमाडौं – हाँस्य टेलिशृंखला ‘सक्किगो नि’ को प्रसारण रोकिएको छ। १०० औं भाग प्रसारण भएपछि कार्यक्रमको प्रसारण रोकिएको हो।
कार्यक्रमको प्रसारण रोकिएको कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए।
‘हिमालय टेलिभिजनसँग सम्झौता सकिएपछि नयाँ टेलिभिजनको लागि छलफल गरिरहेका उनले बताए । यो कार्यक्रम २०७७ मंसिर २५ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो।
कार्यक्रममा केही कुरा परिवर्तन गरिने घिमिरेले बताए।‘कार्यक्रममा केही हेरफेर गर्दै हामीले सिजन ३ भनेर कार्यक्रम ल्याउने तयारी गरेका छौं,’ उनले भने। कार्यक्रमलाई अर्जुन घिमिरे र कुमार कट्टेल (जिग्री) ले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका छन्।























