काठमाडौं – चलचित्र ‘छड्के २’को एक गीतमा ¥यापर भिटेनले स्वर भरेका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको सिनेमाको गीतमा भिटेनले आवाज दिएका हुन् ।
यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफूहरुले भिटेनको गीत सिनेमामा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए ।
अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा पोस्टर सार्वजनिक भएसँगै चर्चाको शिखरमा छ । ग्याङस्टर जनरामा निर्माण भएको सिनेमामा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ । आगामी फागुन १९ गतेबाट चलचित्र रिलिज हुने छ ।























