काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् ।
मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रचण्ड सत्ता साझेदार दल एमालेसँग कुराकानी गर्न बालकोट पुगेका हुन्।
आज पृथ्वी जयन्तीका दिन आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेर फर्किएलगत्तै प्रचण्ड बालकोट पुगेका हुन्।













