सुर्खेत- कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शर्मासँगै दुई मन्त्रीले आज दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिने तालिका छ ।
नेकपा एमाले र माओवादीबाट एक/एक जना मन्त्रीले शपथ लिने भनिएको भए पनि नाम खुलाइएको छैन ।
आठ मन्त्रालय रहेको कर्णालीमा मन्त्रालय घटाएर सात बनाइएकाे छ । जसमा मुख्यमन्त्रीसहित तीन माओवादीले र एमालेले चार मन्त्रालय लिने सहमति भएकाे बताइएकाे छ ।














