काठमाडौँ- गायक भोजराज भट्टको ‘मेरो प्यारो डडेल्धुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डडेल्धुराका रमणीय ठाउँ व्याख्या गर्दै मायालुलाई त्यहाँको पर्यटकीय स्थलमा घुम्न जाने प्रस्ताव राखेको कुरा गीतमा समावेश गरिएको छ । विशेषगरेर डडेल्धुराका केटाले बैतडीकी केटीलाई आफ्नो जिल्लाको सौन्दर्यमा रमाउन गरेको आग्रह भिडियोमा देखाइएको छ ।
गीतमा गायक भट्ट र गीता रोकायाले सङ्गीत भर्नुभएको छ भने रचना भानुभक्त जोशीले गरेका छन् । गीतमा गायक भट्ट र लक्ष्मी आचार्यको अभिनय रहेको छ । गीतको सङ्गीत संयोजन विनोद बडूले गर्नुभएको हो भने मिक्सिङमा मनोज डङ्गोल रहनुभएको छ । गीतको दृश्य सम्पादन अमन बडूले गरेका हुन् ।
https://www.youtube.com/watch?v=tkkisoPqYxg













