धनगढी- फिल्म ‘प्रेमगीत ३’ पछि नायक प्रदीप खड्का मुम्बइमा व्यवसायिक बन्न खोजिरहेका छन् । बलिउड फिल्म खेल्नका लागि प्रदीपको दौडधुप देखिएको हो । उनले काम गर्नका लागि एक एजेन्सीसँग ३ बर्षको संझौता समेत गरेको बुझिएको छ ।
श्रोतका अनुसार, प्रदीपसँग कुनै प्रोजेक्ट वा विज्ञापनमा काम गर्न चाहने कम्पनी वा निर्माताले उनको पारिश्रमिकको २५ प्रतिशत कमिसन स्वरुप एजेन्सीलाई पनि दिनुपर्नेछ । यो शर्त नेपाली फिल्ममा समेत लागू हुने वुझिएको छ ।
विशेषगरि, भारतमा अधिकांश कलाकार एजेन्सीसँग जोडिएर काम गर्छन् । नायिका अदिती बुढाथोकी पनि एक एजेन्सीसँग जोडिएकी छिन् । उनले निर्देशक दिनेश राउतको फिल्ममा काम गर्ने पक्का भैसकेको छ । यस्तै, अर्का निर्देशक दीपक वलीको फिल्ममा पनि उनले काम गर्ने तय भैसकेको छ ।























