काठमाडौं – नायक अनमोल केसी मुख्य भूमिकामा रहने चलचित्र ‘जेरी २’ मा नायिका आना शर्मा अनुबन्ध भएकी छन् । यसअघि अर्को लिड फिमेलमा पूर्णिका सिजापती तय भइसकेकी छन् । आनाको इन्ट्रीसँगै चलचित्रमा मुख्य कलाकारहरुको लाइनअप पूरा भएको छ ।
नेपाली बक्स अफिसमा राम्रो छाप छोड्न सफल चलचित्र ‘जेरी’ को पहिलो संस्करणमा पनि अनमोल र आनाले नै अनस्क्रिन रोमान्स गरेका थिए ।
चलचित्रलाई हेमराज बीसीले निर्देशन गर्दैछन् । सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर चलचित्र निर्माण गर्नेछन् ।













