काठमाडौं- आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाले बढेर १ लाख ५ हजार ३ सय रूपैयाँ कायम भएको छ ।
त्यसैगरी तेजाबी सुनको मुल्य १ लाख ४ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।













