पोखरा । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकका लागि पदाधिकारीहरु पोखरा आइपुगेका छन् । बोर्ड बैठक १२ बजेदेखि लेकसाइडस्थित एक होटलमा सुरू हुने क्यानका एक सदस्यले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा, नेपाल टी-२० लिग आयोजनाका लागि सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता तथा टी-२० लिगमा भएको विवाद लगायतबारेमा बैठकमा छलफल हुने छ ।













