धनगढी, वैशाख २
माया प्रेममा आधारित ‘पिरतीकी धनी’ बोलको गीत सार्वजनिक भएको छ । सुनिल आउजी र गौरी भट्टको स्वरमा रहेको गीतको भिडिओमा निकेन्द्र बुढा, सरुरानी रोकाया र जगत बुढाको अभिनय रहेको छ ।
प्रेम बोहराको शब्द तथा गायक आउजीकै लयमा रहेको गीतको भ्युजिक भिडिओलाई अमित विकले निर्देशन गरेका छन् । गीतको भिडीयो अछामको ऋषिदह क्षेत्रमा छायांकन गरिएको हो । जसमा त्यहाँको भेषभुषामा स्थानीयको देउडा खेलको दृष्य समेटिएको छ भने मोडल निकेन्द्र बुढालगायतको उत्कृष्ट अभियन देख्न सकिन्छ ।
माया प्रेममा आधारित गीतमा मिलन विछोडको प्रसंग छ । जसमा मोडल निकेन्द्रले राम्रो अभिनय गरेका छन् । भिडियो छायांकन गरिएको स्थान ऋषिदह निकेन्द्रको जन्मस्थान पनि हो ।
भिडिओ…













