अछाम- अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । बिहीबार राति जयगढ रोड बजारमा रहेको दिनेश अटो पार्टस् र बर्दादेवी सप्लायर्समा आगलागी भएको हो ।
राति करिब सवा ९ बजेतिर दिनेश अटो पार्टसबाट सुरु भएको आगो बर्दादेवी सप्लायर्सको गोदाममा समेत सल्किएको थियो । आगलागीबाट दिनेश अटो पार्टसमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट हुँदा १२ लाख र बर्दादेवी सप्लायर्सको गोदाममा आगलागी हुँदा ३८ लाख बराबरको क्षति भएको बताइएको छ ।
आगो करिब एक घण्टामा नियन्त्रणमा लिइएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको देखिएको प्रहरी चौकी जयगढले जनाएको छ ।













