काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । योसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० पुगेको छ ।













