धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका नव नियूक्त मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोप्यनियताको सपथ लिए संगै थप दुई जनालाई मुख्यमन्त्री शाहले दुई जनालाई मन्त्रीमा नियूक्त गरेका छन ।
नेकपा ( एकीकृत समाजवादी ) बजुराबाट प्रत्यक्ष निर्वाचित भएका नरेश शाही आर्थिक मामिला मन्त्रीमा नियूक्त भएका छन भने नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ को २ बाट प्रत्यक्ष निर्वाचित भएका प्रकाश देउवा भौतिक पुर्वाधार मन्त्री बनेका छन । नवनियुक्ति दुई मन्त्रीले पनि आजै शपथ लिए ।














