धनगढी– स्थानीय तह निर्वाचनमा कैलालीको धनगढी उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले ‘आँप’ चुनाव चिन्ह पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार धनगढीमा उनलाई चुनाव चिन्ह ‘आँप’ प्रदान गरेको हो।
स्वतन्त्र उम्मेदवार हमालले गत आइतबार उपमहानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए। २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।हमाल तत्कालीन समयमा नेपाली कांग्रेसका नृपबहादुर वडासँग पराजित हुँदै दोस्रो भएका थिए।













