सुर्खेत – जुम्लामा ग्यास लिक हुँदा आगलागी भएको छ । चन्दनाथ नगरपालिका९६ बर्सपार्कमा घरका भएका मेघराज न्यौपानेको घरमा ग्यास लिक हुँदा आगलागी भएको हो ।
जुम्लाका प्रहरी नायव उपरीक्षक प्रलात घर्तीले न्यौपानेको तीन तले घरको भूइँतलामा आगलागी हुँदा चारतले घरमा भूइँतलाको ४ वटा कोठा र माथि तला जाने भर्याङमा क्षति पुगेको जनाएका छन् ।
घरमा भाडामा बसेका नवराज खड्काले ग्यास बालेर तरकारी पकाउँदै गर्दा ग्यास सिलिन्डर ढल्दा उक्त घटना भएको घर्तीले बताएका छन् ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दमकको सायताबाट आगो नियन्त्रणमा ल्याएका छन् । मानवीय क्षति नभएको र कोठामा भएको क्षतिको विवरण बाँकी रहेको घर्तीले जानकारी दिए ।














