धनगढी– कञ्चनपुरको बेदकोटबाट लागुऔषध चरेससहित ६५ वर्षीय बृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका–५ पोलखरीबाट अन्दाजी ६५ वर्षीय दलबहादुर बोहरालाई पक्राउ गरेको हो ।
प्रहरीले बोहराको आफ्नो किराना पसलबाट ३९८ ग्राम लागुऔषध (चरेस) सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।














