धनगढी– कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ थारु छत्राबास नजिकबाट २६ वर्षीय अछय चौधरी पक्राउ परेका हुन् ।
८ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–४ का चौधरीलाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।













