काठमाडौं– नेकपा माओवादी केन्द्रको सोमबार साँझ बसेको पदाधिकारी बैठकले आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवारका बारेमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको छ ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताएका छन् ।
नेता महराका अनुसार राष्ट्रिय सहमति मै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा उनीहरु कायम छन् । नेता महराले आजको बैठकले यो विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलाई दिएको बताएका हुन् ।













