काठमाडौं – बुधबार सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले महङ्गिएको हो ।
मंगलबार प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यसअघि भने तोलामा १ लाख १ हजार ३ सय रुपैयाँ थियो । यता, चाँदीको भाउ पनि बढेर प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको छ । यसअघि प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ बढेको हो ।














