धनगढी- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले तारजाली नाघ्ने व्यक्तिलाई सम्मान गरिएको पोस्ट हटाएका छन् ।
यसअघि मेयर हमालले बिहीबार धनगढी–अत्तरिया ६ लेन सडकमा तारजाली नाघेर सडक पार गर्न खोजेका वडा नम्बर १३ राजपुरका शिवराज पाध्यायलाई खादासहित सम्मान गरेको भन्दै फेसबुकमार्फत प्रचार गरेका थिए।
उनको व्यैयक्तिक स्वतन्त्रता हनन् हुनेगरी सार्वजनिक रुपमा बेइज्जत गरेको आरोपपछि मेयर हमाल पोस्ट हटाएको बुझिएको छ । यद्यपि उनको पोस्टमा अधिकांशले स कार्यको समर्थनमा कमन्ट गरेका थिए ।
६ लेन सडकमा लगाएको तारजाली नाघेर सडक पार गर्नेक्रम बढेपछि उपमहानगरले त्यसलाई रोक्न कडाई गरेको छ ।













