काठमाडौं -अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्।
उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह चितवनको सौराहमा भइरहेको छ।
मानवले फिल्म ‘अन्तराल’ र ‘चिनी कम रङ कडा’ मा अभिनय गरेका छन्। अहिले भने उनी छोटा फिल्म निर्देशनमा व्यस्त छन् ।













