बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङ लगातार तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका छन्। यससंगै उनी चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित भएका छन् ।
चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरे। ६९ वर्षीय सी जिनपिङको प्रतिस्पर्धामा यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएका थिएनन् । सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति कति पटक बन्न पाउने भन्ने नियम खारेज गरेका थिए। यस निर्वाचनमा सी जिनपिङको जित निश्चित थियो ।
सोही समयमा नै सन् २०२३ मा सीले तेस्रो पटक सत्तामा रहनका लागि यो परिवर्तन गरेको अनुमान गरिएको थियो । सी चिनफिङले सोमबार संसदको वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन्।














