धनगढी- नेवि संघ ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । यहि चैत ५ गतेसम्म हुन गइरहेको विद्यार्थी युनियनको निर्वाचनमा क्याम्पसमा नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु निर्वाचनमा सभापति महेशराज जोशीको नेतृत्वमा उम्मेदवारी दिइएको छ।
क्याम्पसमा गुणस्तरीय, सर्वसुलभ र समय सापेक्ष अनुसारको शिक्षा र शैक्षिक वातावरण निर्माण गर्न आफ्नो उम्मेदवारी रहेको सभापतिका उम्मेदवार जोशीले बताएका छन्।
ई–लाइबेरी स्थापना र कार्यान्वयन गर्ने, विद्यार्थीको शुल्क क्याम्पसमा नै तिर्न बैंक स्थापना गर्ने लगायतका प्रतिवद्धतसहित उम्मेदवारी दिएको उनले बताए ।
नेवि संघ ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु निर्वाचनका लागि सभापति महेशराज जोशी, सचिव दिलबहादुर बुढाथोकी, कोषाध्यक्ष लक्ष्मी शाही रहेका छन् ।
यस्तै सदस्यहरूमा विमल मल्ल ठकुरी, रोशन सिंह भण्डारी, पवन पन्त, दीपकराज भट्ट, जितेन्द्र सुनार, पुष्पा बुढा र प्रविन जोशी उम्मेदवार बनेका छन् ।













