• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी पत्रकारसंग छलफल

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

धनगढी- यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी मंगलबार (आज) धनगढीमा पत्रकारसंग छलफल गरिएको छ । फाया नेपालको समन्वयमा आइपासले कैलालीका पत्रकारसंग छलफल गरेको हो ।

छलफल कार्यक्रममा बोल्दै स्वास्थ्य तालिम केन्द्र, धनगढीका प्रजनन स्वास्थ्य फोकल पर्सन रमा गिरीले कानुनी प्रावधानबारे जानकारी नहुँदा नेपालमा अपेक्षा गरिए अनुसार मातृ मृत्युदरमा कमी आउन नसकेको बताइन् । उनले पर्याप्त चेतनामूलक कार्यक्रम सञ्चालन नहुँदा, अन्धविश्वास, गर्भवतीहरू समयमै स्वास्थ्य संस्था नआउँदा, गर्भपतन सम्बन्धी कानुनी प्रावधान बारे जानकारी अभाव, नजिकै स्वास्थ्य संस्था नहुनुलगायतका कारण मातृ मृत्यु दर घट्न नसकेको बताइन् ।

उनका अनुसार यसै वर्षको ७ महिनाभित्र कैलालीमा चार जना महिलाको गर्भवती महिलाको मृत्यु भएको छ । त्यस्तै २०७८÷८९ मा ९ जना र २०७७÷७८ मा २० जना गर्भवतीको मृत्यु भएको तथ्यांक छ । यसबाहेक उनले कैलालीका चुरे र मोहन्याल जस्ता विकट पालिकामा जनशक्ति अभाव, नजिकै स्वास्थ्य संस्था नहुनुले स्वास्थ्य सेवा दिन थप कठिनाइ भएको बताइन् ।

आइपास नेपालका माधवी बज्राचार्यले २०६० देखि कानुनीरुपमा गर्भपतन गर्न पाउने सुविधा हुँदा पनि त्यसबारे पर्याप्त जानकारी नहुनाले अनिश्चित गर्भधारणलाई असुरक्षित तरिकाले गर्भपतन गराउने कारण मातृ मृत्युदरमा कमी आउन नसकेको बताइन् । उनले गर्भपतन गराउने स्वास्थ्य संस्थाबारे कतिपय महिलालाई जानकारी नहुनु र जथाभावी औषधि सेवनले पनि मातृ मृत्युदर बढेको बताइन् ।

‘गर्भपतन गराउन कुन–कुन संस्थाले मान्यता पाएको छ वा गर्भपतन गराउने व्यक्तिले त्यो सम्बन्धी तामिल लिएको छ वा छैन पनि थाहा पाउनुपर्छ,’ उनले भनिन्,’ ‘कति हप्तासम्मको गर्भपतन गराउन मिल्छ भनेर पनि थाहा पाउनुपर्ने हुन्छ ।’

उनका अनुसार नेपालमा अहिले पनि सात प्रतिशत महिला गर्भपतनका क्रममा ज्यान गुमाउँछन् । उनले पत्रकारहरुले गर्भपतन सम्बन्धी नेपालमा बनेका ऐन कानुनबारे कलम चलाउँदा पनि चेतना वृद्धि हुने विश्वास व्यक्त गरिन् ।

यद्यपि कैलालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । स्वास्थ्य तालिम केन्द्रको तथ्याङ्क अनुसार २०७६/७७ मा एक हजार ९५१, २०७७/७८ मा दुई हजार ६२९ र २०७८/७९ मा पाँच हजार ५६७ ले सुरक्षित गर्भपतन गराएका छन् ।

ती मध्ये २०७६/७७ मा १८७, २०७७/७८ मा २१७ र २०७८/७९ मा ३६५ जना २० वर्ष मुनीका महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

प्रजनन स्वास्थ्य फोकल पर्सन गिरीका अनुसार कैलालीमा एक सय ७० स्वास्थ्य संस्था, ५५ वटा सुरक्षित गर्भपतन केन्द्र रहेपनि ४३ वटा सञ्चालनमा रहेका, ४६ वटा वर्थिङ सेन्टर, पाँच थरीका अस्थायी साधन पाउने सेवा केन्द्र ३६ र २३ वटा किशोर किशोरीमैत्री संस्था रहेका छन्।

यस्तै, कैलालीमा एक हजार दुई सय ६१ जना महिला स्वास्थ्य स्वयंसेवक छन् । कैलालीमा सेती प्रादेशिक अस्पताल, नवजीवन अस्पताल र टीकापुर अस्पताललेभने गर्भवतीको अप्रेसन गर्ने मान्यता पाएका छन् ।

  • सुरक्षित गर्भपतन
मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.