काठमाडौं- नेपालमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १६ जना सङ्क्रमित थपिएका छन् । यससंगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जना निको पनि भएका छन् ।
नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार २२३ जना तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ९ लाख ८९ हजार १६१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म कोरोनाबाट १२ हजार २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।














