धनगढी। धनगढीस्थित नवजीवन अस्पताल प्रा।लीमा सिटी स्क्यान सेवा सुरु गरिएको छ । नवजीवन अस्पतालले एकपछि अर्को गर्दै सोमवार देखी उच्च स्तरीय प्रविधिसहितको हाई क्वालीटीको सिटी स्क्यान सेवा सुरु गरिएको जनाएको हो । हाई क्वालीटीको उक्त सेवा शुभारम्भ भएको आम बिरामी तथा सेवाग्राहीलाई जानकारी गराइएको अस्पतालका सिइओ चक्र खडायतले बताए।
यसअघि अस्पतालले केही दिनमै इमरजेन्सी फाँटबाट सिटी स्क्यान जडान गरेर सेवा प्रदान गरिने जानकारी दिएको थियो। नवजीवन अस्पतालमा कार्यरत परामर्शदाता तथा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर मनिन्द्र मानन्धरले विशेष गरेर दुर्घटनामा परेपछि टाउको,आँखा नाक, कानको छातीको हड्डीमा समस्या केछ भनेर चेकजाँच गर्न सकिने बताए।
दिमागको अवस्था तथा कानको इन्फेक्सन, जाली तथा नसाको अवस्था लगायत मुखमा क्यान्सर, छातीमा इन्फेक्सन, पेटको समस्या,कलेजो तथा पित्त थैली, बच्चाको फोक्सोको समस्या, रगतको नली तथा हात खुट्टाको नलीमा समस्याको बारे सिटी स्क्यानले पहिचान गर्न सकिने उनको भनाई छ। अस्पतालबाट वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसूति तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग विशेषज्ञ प्रत्येक दिन सेवा प्रदान गर्दै आएको छ।
नवजीवन अस्पताल २०६८ सालबाट स्वास्थ्य विभाग काठमाण्डौँबाट ५० शैय्याको सञ्चालन स्वीकृति लिई सञ्चालनमा रहेकोमा यसै आर्थिक वर्षबाट १०० शय्यामा स्तरोउन्नती गरिएको छ। अक्सिजन अभावलाई मध्यनजर राख्दै दीर्घकालीन रूपमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ। यस्तै वरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटिकल केयर सेवा,मुटुरोग विशेषज्ञ डी एम कार्डियोलोजी, वरिष्ठ छाला चर्म रोग, एलर्जी, यौन गुप्त रोग तथा सौन्दर्य विशेषज्ञ,नाक कान तथा घाँटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल तथा वरिष्ठ फिजीयोथेरापी प्रत्येक दिन सेवा प्रदान गरिरहेको छ।
रेडियोलोजी सेवा, रंगिन भिडियो एकसरे सेवा लगायत आइसियु एन आइसियु डायलासिस, स्वास्थ्य बिमा सेवा प्रत्येक दिन २४ सै घण्टा उपलब्ध रहेको जानकारी गराएको छ । वरिष्ठ नेफोलोजि, डायलासिस विशेषज्ञ हरेक शुक्रवार र शनिवार प्रदान गरिरहेको छ।साथै इमरजेन्सी सेवा र औषधी सेवा २४ सै घण्टा उपलब्ध रहेको जानकारी दिएको छ। आगामी दिनमा नवजीवन अस्पताल बिरामीको विश्वास कायम राखी थपसेवासुबिधासहित अघि बढ्ने विश्वास लिइएको छ।













